Email:: rajpokhara2041@gmail.com | Search
Call Now: +977- 061-463553|24 hrs Service

वेलकम पोखरा टुर्सले ल्यायो ६ दिनको रारा टुर प्याकेज

पोखराको लेकसाईडस्थीत वेलकम पोखरा टुर्स एण्ड ट्राभल्र्सले आगामी शुक्रबारबाट रारा टुर स्पेशल प्याकेज सार्वजनिक गरेको छ ।

जसअनुुसार देशभरका जुनसुकै स्थानमा बसोबास गर्ने आन्तरीक तथा बाह्य पर्यटकहरु यस योजना अन्र्तगत लाभान्वीत हुने ट्राभल्सका कार्यकारी निर्देशक रबिन्द्रराज पौडेलले बताए ।
स्वर्ग नै पुगेको आभास हुने मुगु जिल्लामा अवस्थीत राराको सुन्दरता अवलोकन गर्न एक्लै जान नसक्नेहरुका लागि सामुहिक टुरले अभुतपूर्व मनोरञ्जन प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।
काठमाण्डौ र पोखराबाट एक समुहमा ६/६ जना यात्रु समावेश गरी स्र्कपियो जिपमार्फत रारा प्रश्थानको कार्यक्रम समावेश गरिएको उक्त टुर प्याकेजमा प्रति व्यक्ति २५ हजार खर्च लाग्नेछ ।
जसमा ५ रात र ६ दिनको डिनर, ब्रेकफास्ट समावेश गरिएको छ भने बसोबासका लागि पर्यटकको ईच्छा अनुसार राराकै किनारमा टेन्ट तथा नजिकका होटलहरुमा सुत्ने व्यवस्था प्याकेज अन्र्तगत नै समावेश गरिएको छ ।
भ्रमण कार्यक्रमका लागि वेलकम पोखरा डट कम डट एनपीमार्फत सम्पर्क गरि रारा भ्रमणको सिट सुरक्षित गर्न सकिने तथा पोखरा लेकसाईड स्थीत वेलकम पोखरा टुर्स एण्ड ट्राभलमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

– See more at: http://gantabyanepalnews.com/tourism/3936#sthash.lWAbL3Wq.dpuf

About the Author

Leave a Reply

*